चुनावमा जानुस्
चुनावमा जानुस्
यसभन्दा अघि ल्याप्चे हानेको बुढिऔंला
ढुंगामा घोट्नु र झार्नु आफ्नो पश्चातापको खिया ।
त्यसदिन तपाईं
– निक्कै तन्दुरुस्त भएर जानुस्
– निक्कै विवेकशील भएर जानुस्
र, प्रयोग गर्नुस् आफ्नो अधिकार
बोकाइदेला कसैले झोला
– चुपचाप हिन्न्नुस्
साइनो लगाउला कोहि
– खिचिक्क हाँसीदिनुस्
आदर्श ओकल्ला कोही
– टौका हल्लाईदिनुस्
त्यसदिन तपाईं
– निक्कै तन्दुरुस्त भएर जानुस्
– निक्कै विवेकशील भएर जानुस्
र, प्रयोग गर्नुस् आफ्नो अधिकार
दुवै आँखाले आफ्नो नाकको टुप्पो हेर्नुस्
यसो गर्दा दायाँबायाँ केही वा कोही देखिन्न
कोहि वा केही नदेखेपछी
– मन दोधार हुन्न
– ध्यान भंग हुन्न
एकचोटि ला… मो सास तान्नुस्
र, उसैगरी फ्याल्नुस
चिम्लनुस् आँखा र ड्याम्म बजाउनुस् मतपत्रमा
आफ्नो अधिकारको स्वस्तिक छाप
त्यसपछि
उक्त मतपत्र, मतपेटिकामा खसाल्नु अघि
छापसँगै रातो कलमले छेउमा लेखिदिनु
खबरदार !