सौन्दर्यबाट मुक्त छु
कविता १ मिनेट पढ्न समय

सौन्दर्यबाट मुक्त छु

ईबड्डा डट कम

सौन्दर्यबाट मुक्त छु –
कोहि मलाई, केहीसँग दाँज्दैनन् यसैमा धुक्क छु ।

– फूल भनिदिए
– जुन भनिदिए
वा, अरु केके छन् सुन्दरताका प्रतिकहरू
जसको लेपले म पुरिन्छु
आफ्नै अस्तित्वको ख्याल नपाउनेगरि ।

सौन्दर्यबाट मुक्त छु –
कोहि मलाई, केहीसँग दाँज्दैनन् यसैमा धुक्क छु ।