मेरो वर्ष
कविता १ मिनेट पढ्न समय

मेरो वर्ष

ईबड्डा डट कम

मेरो वर्ष

====

नऔं महिनामा म, जन्मिएँ

र, तीन महिनाको भैसकेपछी

म, एक वर्षको भएँ ।

औसतमा –

सबै जीवहरू जन्मिएको

साल कटेपछी एक वर्षको हुन्छ

अथवा, जन्मिएको महिना घुमेर

आएपछि एकवर्षको हुन्छ

तर, म त 

तीन महिनाको हुँदै एकवर्षको भएँ

कारण 

म, नौ महिना अघि 
गर्भमा जन्मिसकेको थिएँ