मुस्कुराउँछ वर्षाको स्पर्श
कविता १ मिनेट पढ्न समय

मुस्कुराउँछ वर्षाको स्पर्श

घनघोर बादल आकाशमा,
चम्किन्छ बिजुली टिमटिम।
माटोको तिर्खा मेटाउन,
झर्‍न थाल्छ वर्षा झिमझिम।।

छानामाथि टप टप बर्से,
मनमा बज्छ मिठो राग।
वनमा मोर नाच्छ रमाइ,
धर्ती भन्छ — “धन्य आज!”।।

नदी किनार हर्षले गुञ्जे,
बारीभरि हरियाली छायो।
किसानको मुहारमा हाँसो,
आशाको बिहान आयो।।

बालक दौडँछन् भीज्दै खेले,
गीत गाउँछन् जलको ताल।
वर्षा, तिमी अमृतझैँ बर्‍ह,
खुसी देऊ सबका हृदयमा हाल।।