गौरी तमुको कवितासङ्ग्रह ‘सैँप्रोल’ बिमोचित :
समाचार ४ मिनेट पढ्न समय

गौरी तमुको कवितासङ्ग्रह ‘सैँप्रोल’ बिमोचित :

गौरी तमुको कवितासङ्ग्रह ‘सैँप्रोल’ बिमोचित

शनिबार प्रज्ञा प्रतिष्ठानको भवनमा कवि गौरी तमुको कवितासङ्ग्रह ‘सैँप्रोल’ विमोचन भएको छ । प्राज्ञ राजन मुकारुङ, लेखक तथा पत्रकार दिपक सापकोटा र लेखक डा. रजनी ढकालको आतिथ्यमा एक विमर्सात्मक कार्यक्रमविच उक्त सङ्ग्रह विमोचन भएको हो ।

‘सैँप्रोल’ गुरुङ समुदायको एक मिथकिय नारी पात्र हो । त्यहिँ मिथकिय नारी पात्रबाट कवितासङ्ग्रहको नाम राखिएको कवि गौरी तमुको भनाइ छ । शिर्षकको प्रयोजनको शन्दर्भमा उनले कवितामार्फत महिला मुद्दा र गुरुङ सांस्कृतिक सौन्दर्यको विभिन्न आयामहरू देखाउन खोजेको विचार व्यक्त गरिन् । साथै सङ्ग्रहको नामसङ्ग आफ्नो सामुदायिक र सांस्कृतिक स्मृती पनि जोडिएको तर्क अघि सारिन् ।

दिपक सापकोटाले सहजीकरण गरेको कार्यक्रममा राजन मुकारुङ र रजनी ढकालले पनि सङ्ग्रहमाथी केन्द्रित रहेर आआफ्ना विचार प्रस्तुत गरेका थिए । पुरुषप्रधान समाजमा नारीहरुको दुर्दशा र मर्मलाइ इङ्गित गर्दै रजनी ढकालले ‘सैँप्रोल’ को अधिकांश कविताहरूले महिलाहरुको मुद्दा उठाएको मत राखिन् । जसरी मिथकमा सैँप्रोलको ज्ञानलाइ निषेध गरिएको थियो, त्यसरीनै अहिले पनि नारीहरूको चेतनालाइ पुरुषहरूले दबाउन खोजिरहेको प्रसङ्ग जोड्दै उनले कवि तमुले कविताहरुमार्फत छोरिहरूको ज्ञानलाइ परिवारसङ्ग जोड्न खोजेको जिकिर गरिन् ।

अर्कोतिर राजन मुकारुङले ‘सैँप्रोल’ कवितासङ्ग्रहले पहिचानको जगमा उभिँदै मानविय आवाज मुखरित गरेको दावी गरे । कवि तमुले कवितामार्फत एउटा नारी भएर भन्दापनी मान्छे भएर बाँच्ने आवाज बुलन्द गरेको उनको ठम्याइ थियो । पहिचान लेखनको दार्शनिक पक्षलाइ जोड दिँदै उनले कवि तमुले आफुले भन्न खोजेको कुराबाट संरचना निर्माण गरेको र सङ्ग्रह सौन्दर्यबोध साथसाथै राजनैतिक चेतना पनि रहेको तर्क राखे ।

यसअघि गुरुङ नेपाली भाषाको द्विभाषिक मुक्त सङ्ग्रह ‘समैँ दर्बानी’ प्रकाशनमा ल्याएको तमुको ‘सैँप्रोल’ दोश्रो पुस्तक हो । इन्डिगो इङ्कले प्रकाशन गरेको उक्त कवितासङ्ग्रहको मूल्य २७५ रुपैँया रहेको छ ।

सम्बन्धित ट्यागहरू