फिफा विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदै चार देश
अमेरिका, क्यानडा र मेक्सिकोको आयोजनामा सम्पन्न हुन लागिरहेको फिफा विश्वकप २०२६ मा सहभागी हुने ४८ देशहरुको टुङ्गो लागिसकेको छ। जुन ११ देखि सुरु भएर जुलाइ १९ मा अन्त्य हुने यो विश्वकपमा अघिल्लो संस्करणहरुले सहभागी गराउने ३२ देशहरुबाट संख्या बढाएर ४८ पुर्याइएको हो। ती ४८ टिमहरुलाइ बाह्रवटा समुहहरुमा विभाजन गरिएको छ। कुल १०८ खेल हुने यस विश्वकपमा जोर्डन, उज्वेकिस्तान, केप भेर्डे र कुरासाओले पहिलोपटक सहभागी जनाउँदैछन्।
जोर्डन
अर्जेन्टिना, अल्जेरिया र अष्ट्रीया सम्मिलित ग्रुप जे मा परेको जोर्डन यो विश्वकपमा पहिलोपटक सहभागी जनाउँदैछ। वल्ड कप व्वालिफायरमा ओमानलाइ ३-० ले पराजित गरेर विश्वकपमा छनौट भएको जोर्डन अरब कपको फाइनलमा भने मोरोक्कोसङ्ग २:३ ले पराजित भएको थियो। जोर्डन फिफा वरियतामा ६३ औँ स्थानमा छ।
उज्वेकिस्तान
पोर्चुगल, कङ्गो र कोलम्बिया सम्मिलित ग्रुप के मा परेको उज्वेकिस्तान पहिलोपटक विश्वकपमा सहभागी हुने अर्को एसियाली देश हो। खुसानोबजस्तो प्रतिभाशाली युवा खेलाडिप्रेरित उज्वेकिस्तानले वल्ड कप क्वालिफायरमा कतारलाइ ३:० ले पराजित गरेर विश्वकपको टिकट काटेको हो। फिफा वरियतामा ५० औँ स्थानको उज्वेकिस्तानले यो विश्वकपमा अन्य देशहरुलाइ कडा टक्कर दिने आसा गरिएको छ।
केप भार्डे
स्पेन, उरुग्वे र साउदी सम्मिलित ग्रुप एचमा परेको केप भार्डेले पनि विश्वकपमा पहिलोपटक सहभागी जनाइरहेको छ। वल्डकप क्वालिफायरमा क्यामरुनलाइ १:० ले पराजित गरेर विश्वकपको टिकट काटेको केप भार्डे फिफा वरियतामा ६९ औँ स्थानमा छ।
कुरासाओ
जर्मनी, आइअभरी कोस्ट र इक्वेडर सम्मिलित ग्रुप इ मा परेको कुरासाओले पनि विश्वकपमा पहिलोपटक सहभागी जनाउँदैछ। वल्ड कप क्वालिफायरमा बर्नुडालाइ ७:० ले पराजित गरेर विश्वकपमा छनौट भएको कुरासाओ सम्भवत यो विश्वकपमा सबैभन्दा कमजोर टोलि हुनसक्छ। फिफा वरियतामा ८२ औँ स्थानमा रहेको कुरासाओ विश्वकपमा सहाभागी हुने सबैभन्दा कम जनसंख्या भएको देश हो।