हाङयुगजुनिता पुरस्कार कवि सुन्दर कुरुपलाइ प्रदान गरिने
२०८३ सालको वैशाख अठार र उन्नाइसमा इलाममा सम्पन्न हुन गइरहेको “इलाम साहित्य महोत्सव”को पाँचौ संस्करणबाट हाङयुगजुनिता फाउण्डेसनले पनि सहकार्य गर्ने भएको छ। फाउन्डेसनले वैशाख एक गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत महोत्सवमा सहकार्य गर्ने औपचारिक निर्णय गरेको हो। कवि हाङयुग अज्ञात अध्यक्ष रहेको फाउन्डेसनले यसै शन्दर्भमा हाङयुगजुनिता पुरस्कारको पनि घोषणा गरेको छ। हरेक वर्ष यस फाउन्डेसनले कला, साहित्य, संगित, पत्रकारिता, शिक्षा, खेलकुद, स्वास्थ्य लगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाइ पचास हजार रुपैँयाको दरले पुरस्कृत गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।
इलाम नगर पालिका साहित्य संगित प्रतिष्ठानद्वारा सिफारिस भए अनुरुप यस वर्ष उक्त पुरस्कार यसपटक इलाम चुलाचुली निवासी कवि सुन्दर कुरुपलाइ प्रदान गरिने भएको छ। साहित्यमा सकृय कवि कुरुपको “पृथ्वीको अविस्कार” कवितासङ्ग्रह साथै अनेकै लेख रचनाहरु प्रकाशित भएको छ।
