श्रम गरेर सदनसम्म
कविता ११ मिनेट पढ्न समय

श्रम गरेर सदनसम्म

फाल्गुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टी राश्वपा, काङ्ग्रेस, एमाले र नेकपापछिको पाँचौ ठूलो दल बन्न सफल भएको छ। अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) प्रत्यक्षतर्फ कुल १२५  सिट  जितेर सबैभन्दा ठूलो दल बन्दा  दोश्रो हुने नेपाली काङ्ग्रेसले १८ सिट, तेस्रो हुने एमालेले ९ सिट र चौँथो हुने नेकपाले ८ सिट जितेको छ। श्रम संस्कृती पार्टीले भने ३ सिट जितेर पुरानो दल राप्रपा र जसपालाइ उछिनेको हो। कार्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भएर माटो चुनाब चिह्नसहित निर्वाचनमा भाग लिएको श्रम संस्कृती पार्टीले सुनसरी क्षेत्र नम्बर एक,  खोटाङ क्षेत्र नम्बर एक र भोजपुर क्षेत्र नम्बर एकमा जित निकालेको हो।

सुनसरी क्षेत्र नम्बर एकबाट स्वयं पार्टी अध्यक्ष हर्क साम्पाङले उम्मेद्वारी दिएको थियो। उनले कुल ३५,७४१ ल्याएर राश्वपाको उम्मेद्वार गोमा सरिन् तामाङलाइ पराजित गरेको हो। त्यसैगरी खोटाङ एकमा पार्टी महासचिव आरेन राइले उम्मेद्वारी दिएको थियो। उनले १६,६१२ मत ल्याएर देवबिक्रम राइलाइ पराजित गरेको हो। एमाले त्यागेर भोजपुर एकबाट उम्मेद्वारी दिएको ध्रुबराज राइले भने १६,६६३ मत ल्याएर एमालेकै प्रतिस्पर्धी शेरधन राइलाइ पराजित गरेको हो। यी तीन क्षेत्रबाहेक इलाम एक र दुई, पाँचथर  र धनकुटामा दोश्रो स्थान हासिल गर्यो। तेस्रो भएपनी झापा पाँचमा पुर्व प्रधानमन्त्री केपि ओलिलाई राम्रै टक्कर दियो। प्रत्यक्षमा ३ सिट जित्दैगर्दा यस पार्टीले समानुपातिकतर्फ पनि ३,६७,०११ मत ल्याएर राष्ट्रिय पार्टी बन्न चाहिने थ्रेसहोल्ड कटाएको छ। यो भनेको कुल मतको ३.४% हो। यस जितसङ्गै अब श्रम संस्कृती पार्टीले आफ्नो तर्फबाट कुल ७ जना सांसद पाउनेछन्। र सदनमा सबैभन्दा ठूलो प्रतिपक्षी पनि यहिँ पार्टी बन्नसक्ने पुर्वानुमान गरिएको छ। उसो त  चर्को,  ठाडो र दम्भी बोलीको कारण विवादमा आइरहने पार्टी अध्यक्ष हर्क साम्पाङले पनि आफ्नो अभिव्यक्तिमार्फत त्यहिँ छनक दिएको छ। उनले एउटा भिडियोमा अन्तर्वार्ता दिँदै भनेका छन् “पहिले मेयर पदमा हुँदा धेरै बोलिस् भन्थ्यो,  अब झन् बोल्नुपर्ने ठाउँमा पुगेको छु। कति बोल्छु कति!”

(माइकिङ गर्दै मेयर)

२०७६ सालको स्थानिय तहको उपनिर्वाचनमा धरान नगर प्रमुखको प्रतिस्पर्धामा ४२२ मत ल्याएको हर्क साम्पाङलाइ त्यतिबेला धराने जनताहरुले खासै चिन्दैनथे। त्यस निर्वाचनमा पराजित भएपछि उनले अट्टोमा चढेर हाते माइकबाट माइकिङ गर्दै धरानको बेथिती र बिसङ्गतीविरुद्ध आवाज उठाउन थाले। दलहरुको संरचनागत  हेजिमोनिले नेपथ्यमा पारेको उनको “एक्लो” र “निडर” आवाज बिस्तारै धरानको प्रत्येक चोक र नगरभरी गुन्जयमान हुन थाल्यो। उनले माइकबाटै सर्दु खोला दोहनविरुद्द आवाज उठाए। त्यसैगरी बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान (घोपा अस्पताल) मा हुने भ्रष्टाचारविरुद्ध पनि चर्को आवाज उठाए। बिस्तारै मेयरको प्रतिस्पर्धाको निम्ति योजना बनाएर काम गर्न थाले। उनको प्रमुख एजेण्डाको रुपमा “खानेपानी” थियो। सुशासनको संखघोस गरिहिँड्ने उनी त्यही एजेण्डाको कारण २०७९ सालको स्थानिय तहको उपनिर्वाचनमा धरानको मेयर बन्न सफल भए। त्यतिबेला उनले काठमाडौँको मेयरमा उम्मेद्वारी दिएको बालेन साहले जस्तै लौरो चिह्न लिएर स्वतन्त्र उम्मेद्वारी दिएका थिए। जसमा २०,८२२ मत ल्याएर उनले प्रतिद्वन्द्वी किशोर राइलाइ साढे चार हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। मेयर भएपछी उनले खानेपानी समस्यालाइ विशेष प्राथमिकतामा राखेर काम गरे। र स्थानियहरुको श्रम र सहयोगबाट ४२ किमी टाढाको कोकाह खोलाबाट दैनिक १० देखि ११ लाख प्रतिलिटर पानी धरानमा झार्न सफल पनि भए। त्यसपछी उनले धराने जनताहरुको मात्रै नभएर देशैभरका जनताहरुको मन जिते।

 

(श्रमको धरातलमा पार्टी निर्माण)

मेयर हुँदा उनले धरानमा निक्कै उल्लेखनिय कार्यहरु गरे। सबैभन्दा महत्वपुर्ण रुपमा उनले मान्छेहरुले भुल्दै गरेको श्रम संस्कृतीको अभियान चलाए। श्रम गरेरै पुल, सडक, ढल र नहरहरुको संरचना विकास गरे। त्यतिमात्रै हैन उनको आधिकारिक फेसबुक पेज “हर्क साम्पाङ अ रिभोलुसन” बाट श्रमको बारे सबैलाइ सुसुचित नै गराए। श्रमबाट भएको विकासको कार्यहरुले नगरको धेरै बजेट जोगियो साथै धरानमा भ्रष्टाचार शुन्यप्राय नै भयो।  उनले सुरु गरेको श्रम संस्कृतिलाइ बिस्तारै त्यहाँको जनताहरुले पनि अवलम्बन गर्न थाले। उनको यो कार्यको देशव्यापी चर्चा भयो। धराने जनताहरु त उनको अभियानमा सरिक थिए नै बिस्तारै अन्य जिल्लाहरुबाट पनि अभियानलाइ साथ दिन मान्छेहरुको ओइरो लाग्यो। श्रम गर्न आउने त्यहीँ मान्छेहरुसङ्ग मिलेर उनले लाहुरेहरुको आर्थिक सहयोगमा सर्दु खोला बगरमा श्रम संस्कृती पार्क नै निर्माण गरे। मेयर मान्छेले त कुर्सिमा बसेर नीति नियम बनाउने हो, श्रम गर्ने हैन भन्दै उनको आलोचना गर्नेहरु पनि निस्किए। तर उनले पर्वाह गरेनन्। बरु आफ्नो अभियानलाइ जारी राखे। पछि त्यहीँ अभियानको जगमा पार्टी स्थापना गरे। अनि २०८२ माघ २६ गते मेयर पदबाट राजिनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिए।

 

(हर्किजम अर्थात हर्कवाद)

श्रम संस्कृतीबाट देशको विकास गर्ने सिद्धान्त नै हर्क साम्पाङले जन्माएको हर्किजम या हर्कवाद हो। अर्थात हर्कवादको विस्तारित रुप भनेको श्रम, संस्कृती, प्रकृती, ढुङ्गा र माटो हो। ढुङ्गा र माटो देशको भुमिसङ्ग जोडिएको हुन्छ। यसअर्थमा हर्कवाद मौलिक नेपाली दर्शन मान्न सकिन्छ। श्रम संस्कृती लेखेको सेतो टिसर्ट लाएर अक्सर ढुङ्गा बोकिरहेको, बेल्चा हानिरहेको या बाटो सफा गरिरहेको देखिने साम्पाङले “ढुङ्गा बोक्नु” लाई विकासको बिम्बको रुपमा अर्थ्याउँछन्। उनी नेतृत्वको नयाँ भाष्य निर्माण गर्दै नेता चमकदार पोषाकमा ठाँटिएको हैकमवादी लिडर नभएर शरिरमा माटोको छिटा लागेको जनताहरुको साथी हुनुपर्नेमा जोड दिन्छ। यहिँ विचार र सिद्धान्तको कारण जनताहरुमाझ उनी छोटो समयमै लोकप्रिय बने। उनको पार्टीको झण्डामा पनि संस्कृती,  प्रकृति र प्रविधी लेखिएको छ। संस्कृती,  प्रकृति र प्रविधी यी तिनको सन्तुलित सामन्जस्यताबाट मात्रै दिगो विकास सम्भव छ भन्ने उनको पार्टीको दर्शन हो। नेपालजस्तो आर्थिक रुपमा कमजोर र विकासोन्मुख देशमा “हर्कवाद”को राम्रै उपयोगिता र सार्थकता देखिन्छ।

यतिबेला पुराना दलहरुसङ्ग मोहभङ्ग भएर जनताहरुले नयाँ र बैकल्पिक दलको खोजी गरिरहेका छन्। यो समयमा श्रम संस्कृती पार्टी सबैभन्दा नयाँ पार्टीको रुपमा उदाएको छ। र चार महिनाको दौरानमै तीन सिट जितेको पनि छ। तर भविष्यमा जनताहरुको विश्वास जितेर झनै शक्तिशाली पार्टी बन्न दुइवटा पक्षहरुमा भने सुधार गर्नुपर्ने देखिन्छ। पहिलो, अध्यक्ष हर्क साम्पाङले अरु नेतृत्वहरुको कुरा काटिरहने भनेर आफुमाथी लाग्ने गरेको आरोपलाई चिर्न बोलीमा लगाम लाउन आवश्यक देखिन्छ। दोश्रो क्षेत्रीय र जातिय पार्टी भयो भनेर लाग्ने गरेको आरोपलाइ चिर्न देशैभरी पार्टी विस्तार अनि पार्टीमा गैर जनजाती (विशेषगरी राई) हरुलाई पनि समावेस गर्न जरुरी देखिन्छ। के श्रम संस्कृती पार्टीले यो कमजोरीहरु सुधार गरेर अगाडि बढ्न सक्छ त? त्यो भने हेर्न बाँकी नै छ।