सपथ ग्रहणमा बालेन साहले लगाए सिलाम साक्मा
रास्वपाको सांसद बालेन्द्र साह आज सिंहदरबारमा सपथ ग्रहण लिन सिलाम साक्मा लाएर उपस्थित भएका छन्। याक्थुङ लिम्बू मुन्धुममा सिलाम साक्माको विशिष्ट महत्व छ। याक्थुङ लिम्बू भाषामा सि भनेको मृत्यु, लाम भनेको बाटो र साक्मा भने छेक्ने भन्ने अर्थ लाग्छ। तसर्थ मुन्धुमअनुसार सिलाम साक्मा भनेको मृत्युको बाटो छेक्ने भन्ने हो। भावी प्रधानमन्त्री बालेन्द्र साहले सिलाम साक्मा लाएको तस्बिर सामजिक संजालभरी चर्चाको विषय बनिरहेको छ। साथै धेरले यसलाइ भ्रष्टाचार, बेथिति र विसंगतीको बाटो छेकेर देशको नयाँ मार्गदर्शन गर्ने स,केतको एउपमा लिएका छन्।