झापा ५ मा बालेन साह विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा यसपटक सबैभन्दा चासोको रुपमा हेरिएको क्षेत्र थियो झापा ५। पुर्वप्रधानमन्त्री केपि शर्मा ओलिको निर्वाचन क्षेत्रको रुपमा रहेको झापा ५ ले यसरी देशैभरको मतदाताहरुको ध्यान खिच्नुको कारण थियो राश्वपाको नेता तथा काठमाडौँको पुर्व मेयर बालेन शाहको इन्ट्री। मेयर पद त्यागिवरी राश्वपाबाट झापा ५ को निम्ति टिकट लिएको साहले केपि ओलिसङ्ग चुनाब लड्न गरेको शाहसले सबैलाइ तरङ्गित बनाएको थियो। एमालेको प्रभावशाली नेता ओलि र युवाहरुको ढुकढुकी बनेको साहबिच हुने कडा टकराबले चुनावअघि नै निक्कै सरगर्मी बढाएको थियो।
भर्खरै सम्पन्न भइसकेको अन्तिम मत गणनाबाट ती दुई हेभिवेट नेताहरुको प्रतिस्पर्धाको टुङ्गो लागेको छ। जसमा ६८,३४८ मतको साथ बालेन साह विजयी भएको छ। उनले इतिहासकै सबैभन्दा बढि मत ल्याएको हो। पराजित केपि ओलि १८, ७३४ मतको साथ दोश्रो भए। तेश्रो हुने माटोको उम्मेद्वार समीर तामाङको ९,२३३ मत छ। विजयी साहसङ्गै झापाको पाँचवटै क्षेत्रबाट राश्वपाकै उम्मेद्वारहरुले विजय हासिल गरेर क्लिन स्विप गरेको छ।
भदौ २३ र २४ को जेन्जी आन्दोलनपश्चात पुराना दलहरु एमाले, काङ्ग्रेस र माओवादीसङ्ग रुष्ट भएका जनताहरुले बैकल्पिक पार्टी मानिएको राश्वपाका उम्मेद्वारहरुलाइ मत प्रदान गरेको देखिन्छ। अहिललेसम्म राश्वपाले देशभर ७० भन्दा बढी स्थानहरुमा विजय प्राप्त गरेको छ।