डोजरले बस्ती भत्काएको हेर्न नसकि घरबाट निस्किएको व्यक्ती मृत फेला
आज खाली गरिएको सुकुम्वासी बस्ती नजिकैको बाग्मती खोलामा एक व्यक्ती मृत फेला परेको छ। मृत फेला परेको व्यक्ती ६१ वर्षिय इन्द्रबहादुर राई भएको उनको श्रीमति सरिता राइले खुलाइन्। सुकुम्वासी बस्ती खाली गर्ने सरकारको निर्देशनअनुरुप आज बल्खुको सुकुम्वासी बस्तिमा पनि डोजर चलेको थियो। विगत १३/१४ बर्षदेखी त्यहाँको सुकुम्वासी बस्तिमा बसोबास गर्दै आइरहेको इन्द्रबहादुर राई डोजरले घर भत्काएको हेर्न सक्दिन भन्दै घरबाट निस्केका थिए।
उनको श्रीमति सरिता राई र छोरा अहिले घटनास्थलमै छन्। उनिहरुको अनुसार मृत इन्द्रबहादुर बल्खुकै सब्जिमण्डिमा काम गर्थे। जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको मृत्युको कारण खुलाएको छैन। परिवारसँगको सम्पर्कमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।